Go back to Homepage
Hello,I'm sorry"-सुरिलो स्वरले मेरो कान पवित्र पारे।। हजुर।।नचिनेको number जस्तै गरी बाहाना पारे।। "अघि तपाईलाई यसै गाली गरे।।साथिको र हजुरको number मिल्दो रहेछ।।last को 6 लाई 9 dial गरेर गर्दा हजुरकोमा गएको रहेछ।।sorry ल।।" उसको मिठा आवाज यस्तो लाग्दै थियो कहिले नरोकियोस्।। अन्त्यमा फेरी sorry ल नराम्रो नसोच्नु हस् भन्दै उसले कल राखी।।

अघि गालीका शव्दहरू बिच मलाई बोल्ने मौका दिइन अहिले माफीका शव्दहरू बिच।।मलाई उसङ्ग बोल्न मन लागीरहेको थियो।।सायद उताबाट add नभएको भएर होला हरीयो त देखाको थियो तर online भनेर लेखेको चाही थिएन उसको imo मा।। मेरो मन नबोली बस्न सकेन।।hi लेखेर पठाए।।reply को प्रतिक्षामा 1 घण्टा कुरे तर पनि reply आएन।।सायद उ मसङ्मग बोल्न चाहान्नथि।।यसै पनि हामी बोलेको 1 hr त भएको थियो।।यसै बिच म निदाए।। कोहीलाई मैले पछ्याउदै थिए।।एउटा केटी दगुर्दै थिई।।कुर्था सुरवाल लगाएकी। Bijay उ मेरो नाम लिदै हास्दै दगुर्दै थिई।।म उसको पछाडी Aashika भन्दै पछ्याउदै थिए।।यसै बिच झल्यास्स विउझिए।।उसैको बारे सोच्दै सुतेको भएर होला सपनीमा पनि उ देखा परी।। Fresh भए अनि चिया पिउन cafe छिरे।।चिया पिउदा पनि उसको ख्याल मनबाट गएन।।म उसको बारे जान्न चाहन्थे।।उसलाई बुझ्न चाहन्थे।।उसको आवाजमा एक किसिमको जादू छ।।एक किसिमको innocence छ।।सजिलै फसाउन सक्ने रूप छ।।कोही मान्छेको आवाजले मात्रै पनि धेरै कुरा जनाउछ।।यहा नभेटी पनि कैयौको माया बसेको छ,बिहे भएको छ अनि खुसी पनि छन।।मलाई यो माया त पटक्कै लाग्दैन तर पनि उसङ्ग बोल्न मन छ।।यसै बिच चिया सके।। अब जानु थियो फेरी College।बाटोमा हिडिरहदा mummy लाई कल गरे।फोनमा बोलीरहदा नै College पुगे।।दिनभरी पनि Aashika मेरो दिमागमा घुमिरही।।साझ रूम पुग्दा एकदम थकाई लागे पनि खाना पकाएर खाए।।imo मा hi को reply आएको थिएन।।उसलाई online नै देखाएको थियो।।अब जे भए नि होस भनेर imo मै कल गरे।। हेलो।।उही सुरीलो स्वरमा उसले फोन उठाई।। हाई के छ?? हजुर को होला??चिनिन मैले त।।उसको स्वरले मतमताउदै थियो।। हिजो झुक्किएर कल गर्नुभाको थ्यो नि।। ए ए।।sorry ल हिजोको लागी अब call नगर्नुस् ल plzz ...भन्दै उसले कल राखी।। call राखेकै भए पनि Aashika सङ्ग मेरो respect झन बढेर आयो।।कोही अपरिचित सङ्ग जसरी बोल्न पर्छ उ त्यसरी नै बोली।।अब त उ मलाई झन खास लाग्न थाही।।तर पनि खै किन उसको आवाजमा केही पिडा दबिएको जस्तो लाग्छ।।उसको आवाजमा जति मिठास छ त्यती नै पिडाले भारी भएको भान हुन्छ मलाई।। "hello,goodmorning" विहान उठ्ना साथै imo खोलेर Aashika लाई online देखाएकोले message गरे।। "hi अब त कत्ति भन्नु तपाईलाई।।"उसले number save गरिछ क्यार चिनी हाली।। "साथी बन्न नि नपाउने त अनि।।" "जो पायोलाई साथी बनाउनु पनि त भएन।।अब चाही ठिकै लाग्यो त्यही भएर बोलेकी।।" "अनि कता बाट हो नि तिमी??"परिचय सुरू गरे।। "म Kathmandu अनि हजुर चाही??" "म त Butwal अनि तिम्रो घर नै यता??"थप जिज्ञासा राखे।। होइन Arghakhanchi हो।।जानु भाको छ?? उम (umm)
अनि के पढ्छौ?? म B.Pharma अनि हजुर?? म BCA अनि तिम्रो सरनेम चाही??imo मा नाम मात्र राखेकि थि उसले त्यसैले सोधे।। मेरो Sharma हो अनि तपाई चाही?? मेरो Gyawali ए ए।
थाहा छ तिम्रो आवाज साह्रै मिठो छ।।उसको आवाजको तारीफ गर्न किन चुक्नु।। ए thank u..एत्ति भनि।।

यत्तिकैमा केही समय संवाद रोकियो।।मलाई उसङ्ग बोल्न मज्जा लाग्दै थियो।। खै किन उसका प्रत्येक शव्द भारीला लाग्छन।।पिडा दबिएका।।केही लुकेका केही लुकाइएका।।उ फोटा मा हासेकी थिई तर पनि त्यो हासो बनावटी जस्तै देखिन्थ्यो।।हासोमा लाग्थ्यो ठुलो पिडा लुकाईएको छ।। सोध्न मन थियो धेरै कुरा तर हतार गर्न मनले रोक्दै थियो।। ल म जान्छु है खाना पकाउनु पर्छ।। exam चल्दैछ।। मैले हस् Best of luck for your examभन्दै बाइ गरे।। फेसबुक खोले।।search box मा गएर Aashika Sharma भनेर search गरे।।तमाम Aashika नाम गरेका देखिए।।को हो ठम्याउन सकिन।।एसै request पठाउनु पनि भएन।। राति सोध्नु पर्ला भनेर म नि पढ्न लागे..........................................
 

                              © Copyright 2019 Ashok KC   www.ashokkc.com.np